Comments Add Comment

कक्षा १२ को परीक्षाफल प्रकाशित

२० असोज, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा १२ को मानविकी, व्यवस्थापन र शिक्षा संकायको नतिजा प्रकाशित गरेको छ । गत गत जेठ-असारमा सञ्चालित परीक्षाको बुधबार प्रकाशित नतिजाअनुसार अघिल्लो बर्षको तुलनामा धेरै विद्यार्थीहरु पास भएका छन् ।

HSEB-Nepalगत बर्षको तुलनामा यसपटक नियमित तर्फ १ प्रतिशत धेरै विद्यार्थीहरु उत्तीर्ण भएका छन् । यसपटक नियमित तर्फ १ लाख ६१ हजार ४ सय ५८ विद्यार्थीहरु परीक्षामा सहभागी भएका थिए । तिमध्ये ६४ हजार ५ सय ६७ जना उत्तीर्ण भएका छन् ।

गत बर्ष नियमित तर्फ ३९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा यसपटक ४० प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका परीक्षा नियन्त्रक सन्तोषकुमार अर्यालले जानकारी दिए ।

नियमिततर्फ १ सय २१ जनाको परीक्षा रद्द गरिएको छ भने २ जनाको स्थगित गरिएको छ ।

यस्तै आंशिक तर्फ १ लाख २९ हजार ८ विद्यार्थीहरुमध्ये ४१ हजार ९ सय २६ जना उत्तीर्ण भएका छन् । गत बर्ष आंशिकतर्फ ३० प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएकोमा यसपटक ३२ दशमवल ४९ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएको परीक्षा नियन्त्रक अर्यालले जानकारी दिए ।

१२ कक्षामा अनुत्तीर्ण भएका विद्यार्थीका लागि आउँदो कात्तिक २१ गते शनिबार मौका परीक्षा हुनेछ । ११ कक्षा पास गरिसकेका र १२ कक्षामा एक विषयमा अनुत्तीर्ण भएकाहरु मौका परीक्षामा सहभागी हुन पाउनेछन् ।

उच्च माद्यमिक शिक्षा परिषदले विज्ञान संकायको नतिजा भने गत भदौ ११ गते नै प्रकाशित गरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment