Comments Add Comment

जहाजबाट इन्धन ल्याउन भारतको सुझाव

Ranjit ray२१ असोज, काठमाडौं । अघोषित नाकाबन्दी गर्दै दुई सातादेखि अत्यावश्यक इन्धन ठप्प पार्दै आएको भारतले वैकल्पिक मार्गका रुपमा हवाईजहाजबाट इन्धन ल्याउन सुझाव दिएको छ ।

वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापासँगको भेटमा भारतीय राजदूत रणजीत रायले वैकल्पिक उपायका रुपमा यस्तो सुझाव दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

रायले वैकल्पिक मार्ग भन्दै भारतबाटै हवाईजहाजमा पेट्रोल, डिजेललगायतका इन्धन ल्याउन सकिनेबारे भारतीय आयल कर्पोरेसनसँग कुरा गर्न सुझाव दिएका छन् ।

नेपालले भने सडक मार्गको सुरक्षामा कुनै समस्या नभएकाले पूर्ववत रुपमै इन्धनको सहजताका लागि पहल गरिदिन राजदूत रायलाई भनेको छ ।

विभिन्न देशबाट हवाईमार्ग हुँदै इन्धन ल्याउन आयल निगमले पनि पक्रिया सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment