Comments Add Comment

यो हो दुनियाकै ठूलो कार, गिनिज बुकमा दर्ज हुने तयारीमा

largest_carयसअघि सबैभन्दा अग्लो तिनपांग्रे साइकल बनाएर विश्वरेकर्ड कायम गरिसकेका एक भारतीय अटो डिजाइनरले विश्वकै सबैभन्दा अग्लो तथा लामो कार निर्माण गरेका छन् । हैदरावादका सुधाकर यादव नामका पुरुषले दुनियाकै लामो तथा ठूलो कार बनाएर दोश्रोपटक गिनिज बुकमा नाम लेखाउने प्रयास गरेका हुन् ।

चलाउन भने नसकिने यो कार २६ फिट अग्लो र ५० फिट लामो छ । लण्डनको डबल डेकर बसभन्दा झण्डै दुइगुणा ठूलो यो कार सन् १९२२ को फोर्ड टुअर कारको मोडलमा डिजाइन गरिएको छ ।

सुधारकरको हैदरावादमा एक कार संग्राहलय पनि छ, जहाँ उनले बनाएका कारका विभिन्न नमूनाहरु राखिएको छ ।

त्यहाँ रहेका कतिपय कारका मोडलहरु निकै हाँस्यास्पद पनि छन्, जस्तै ट्वाइलेट कमोट, ब्यागन, बिलियार्ड टेबल तथा लिपिस्टिक आदि मोडलका ।

largest_car1

सुधारकरले एएफपीसँग भनेका छन् : मैले गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम दर्ज गराउनका लागि दुनियाको सबैभन्दा ठूलो कार बनाइरहेको छु । यो एक नयाँ रेडर्क हुनेछ । मलाई आशा छ की मैले यो सफलता हासिल गर्नेछु ।

आफ्नो त्यो किर्तिमानी कारले फर्मुला वान कारको जस्तै आवाज निकाल्न सक्ने दाबी उनको छ । यो कार पनि उनले संग्राहलयमा रहेका अन्य कारहरुसँगै कवाडी सामानबाट बनाएका हुन् ।

स्मरण रहोस् उनले बनाएको दुनियाकै अग्लो तिनपांग्रे साइकल यो कारभन्दा पनि अग्लो अर्थात् ४१.५ फिट अग्लो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment