Comments Add Comment

टर्कीको राजधानीमा शक्तिशाली विस्फोट, ८६ को मृत्यु

blast-in-Ankara

२३ असोज, काठमाडौं । टर्कीको राजधानी अंकाराको मुख्य रेलवे स्टेशनमा भएको शक्तिशाली विस्फोटमा ८६ जनाको मृत्यु भएको छ । २०० जना घाइते भएका छन् ।

कुर्द चरमपन्थीको आक्रमण रोक्न माग गर्दै प्रदर्शन भइरहेको बेला विस्फोट भएको हो । विस्फोटको समयमा युवा कार्यकर्ताहरु एक अर्काको हात समाएर गीत गाइरहेका थिए ।

मानिसहरुले घटनाका लागि सरकारलाई दोषी ठहर गरेका छन् । उनीहरुले त्यहाँ आएका मन्त्रीलाई पनि गाली गरेका छन् । सरकारले भने घटनालाई आतंकवादी आक्रमण भनेको छ ।

विस्फोटको केही घन्टापछि प्रतिवन्धित कुर्द गुट पीकेकेले नोभेम्बरको चुनावअघि आफ्ना लडाकूहरुलाई सैन्य भर्ना रोक्न भनेको छ ।

आफ्ना लडाकूहरुमाथि आक्रमण नभएसम्म आफूले पनि कुनै कारबाही नगर्ने उसले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment