Comments Add Comment

कोइरालालाई भोट हालेपछि मधेसी मोर्चामा विवाद

Madhesi-Morcha

  • फाइल फोटो

२५ असोज, काठमाडौं । प्रधानमन्त्री निर्वाचनमा भाग लिएको विषयलाई लिएर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा विवाद उत्पन्न भएको छ ।

आफैंले अस्वीकार गरेको संविधान अनुसार भएको प्रधानमन्त्रीको चुनावमा भाग लिनु मधेस आन्दोलनलाई धोका भएको भन्दै राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले सोमबार  दिउँसो बोलाइएको मधेसी मोर्चाको बैठक बहिस्कार गरेको छ ।

मधेसी मोर्चाको बैठक तीनकुनेस्थित संघीय समाजवादी फोरमको कार्यालयमा बोलाइएको थियो । ‘गाईकै मासु खाए बराबरको पाप लाग्यो । यो मधेस आन्दोलनलाई धोका हो’ सद्भावना पार्टीका महासचिव मनिष सुमनले अनलाइनखबरसँग भने ।

आफूहरुले जानेर नै मधेसी मोर्चाको बैठकमा नगएको भन्दै उनले मंगलबारको बैठक पनि बहिस्कार गर्ने बताए । सुमनले भने-‘मोर्चाले गर्ने कुनै पनि निर्णय मान्छौं । तर, बैठकमा जाँदैनौं ।’

मधेसी मोर्चाले आइतबारको चुनावमा कांग्रेस उम्मेदवार सुशील कोइरालालाई मतदान गरेका थिए । सभासदबाट राजीनामा दिएका सद्भावनाका पाँच सभासदले पनि मोर्चाको निर्णय अनुसार कोइरालालाई भोट हालेका थिए ।

मोर्चाका अन्य दलहरुको दबावमा परेर आफूहरु भोट हाल्न बाध्य भएको नेताहरुले दाबी गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment