+

कार्डिफमाथि चेल्सीको संघर्षपूर्ण जित

२०७५ चैत  १७ गते २१:१४ २०७५ चैत १७ गते २१:१४
कार्डिफमाथि चेल्सीको संघर्षपूर्ण जित

काठमाडौं । रुबेन लफ्टस चिकको इन्जुरी टाइम गोलको मदतमा चेल्सीले प्रिमियर लिगमा कार्डिफ सिटीलाई हराएको छ ।

आइतबार राति भएको खेलमा चेल्सीले रेलिगेशन जोनमा पर्ने खतरामा रहेको कार्डिफलाई २-१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएका खेलमा कार्डिफले दोस्रो हाफको सुरुमा नै अग्रता लिएको थियो । उका लागि भिक्टर कामारोसाले गोल गरे ।

तर, खेलको अन्त्यतिर चेल्सी खेलमा फर्कियो । ८४ औं मिनेटमा सेजरले बराबरी गोल फर्काए भने इन्जुरी टाइममा सब्सिच्युट खेलाडी रुबेन लफ्टस चिक गोल गर्दै टोलीलाई जिताए ।

जितपछि चेल्सीको ३१ खेलबाट ६० अंक भएको छ र छैटौं स्थानमा छ भने कार्डिफ २८ अंकसहित १८ औं स्थानमा छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय