Comments Add Comment

मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निमुसंगम घर्ती

२६ असोज, घोराही । दाङमा दुईवटा मोटरसाईकल एक आपसमा ठोकिदा दुबै चालकको मृत्युभएको छ । घोराही तुलसिपुर सडक खण्डको सर्रा नजिकै हेमन्तपुरबाट घोराही आउदै गरेको रा २ प ९९६१ नम्बरको मोटरसाईकल र घोराहीबाट तुलसिपुर तर्फ जादै गरेको रा १ प ९६०८ नम्बरको मोटरसाईक सोमबार बेलुकी ठोकीदा दुबै चालकको मृत्युभएको हो ।

दुर्घटनामा घोराही आउदै गरेका घोराही ११ भरतपुर निबासी ४३ बषिर्य पूर्णचन्द्र पौडेल र तुलसीपुर तर्फ जादै गरेका घोराही ५ का २५ बषिर्य भुपेन्द्र पुरीको मृत्युभएको हो ।

दुर्घटनामा परी गम्भिर घाईते भएका पौडेलको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मृत्युभएको र पुरीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्युभएको दाङका ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक बिरबहादुर थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment