Comments Add Comment

इन्धन अभावमा एम्बुलेन्स बन्द, प्रशासनको कुपन काम लागेन

ambulance-1
२६ असोज, नवलपरासी । भारतीय नाकाबन्दीका कारण इन्धन अभावले नवलपरासीको नवलपुर क्षेत्रमा एम्बुलेन्ससमेत प्रभावित भएको छ । एम्बुलेन्सलाई पनि प्रशासनले पाँच-सात दिनमा जम्मा ३० देखि ४० लिटर डिजलको कुपन दिएका कारण एम्बुलेन्स सेवासमेत प्रभावित भएको हो ।

विजय विकास स्रोत केन्द्र गैंडाकोटका एम्बुलेन्स चालक लोकबहादुर रानाले आफूले तेल अभावमा तीन दिनसम्म बन्द गर्नुपरेको बताए ।

नवलपरासीको नवलपुर क्षेत्रमा इन्धन अभावले एम्बुलेन्स नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको भन्दै एम्बुलेन्स सञ्चालकहरुले ज्ञापन पत्र बुझाएपछि प्रशासनले कुपन प्रणालीमा तेल वितरण शुरु गरेको थियो । तेल पाइएको पेटोलपम्पमा पनि सार्वजनिक सवारी साधनहरु बस, माइक्रो लगायतले गर्दा एम्बुन्लेन्सले तेल भर्नै नपाउँदा समस्या आएको रानाले बताए । रानाका अनुसार एम्बुलेन्स एकछिन पनि खाली बस्न नपाउँने हुँदा लाइनमा बस्न नपाउँदा तेल भर्न समस्या हुने गर्दछ ।

त्यस्तै नवलपरासीको नवलपुर क्षेत्रमा इलाका प्रशासन कार्यालय नवलपुरले वितरण गरेको तेलका कुपन समेत फिर्ता आउन थालेको छ । प्रशासनले तेल छ भन्दै कुपन दिए पनि फिर्ता आएको दाउन्ने साप्ताहिकका कार्यकारी सम्पादक हरिष पोख्रेलले बताए ।

कुपन फिर्ता आउन थालेपछि सेवाग्राहीहरु झन् मारमा परेका छन् । प्रशासनले सञ्चार गृह, एम्बुलेन्स, बैंकलगायत अत्यावश्कीय क्षेत्रमा कुपन मार्फत तेल वितरण गरेको छ ।

– रामकुमार श्रेष्ठबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment