+
+

उपप्रम थापाद्वारा क्रिकेट खेलाडीलाई बधाई

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ६ गते १७:४३

६ कात्तिक, काठमाडौँ । उपप्रधानमन्त्री कमल थापाले मलेसियामा सम्पन्न अन्डरनाइन्टिन क्रिकेटमा आयरल्यान्डलाई तीन विकेटले जितेर स्वदेश फर्केका विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकप्रति बधाई ज्ञापन गरेकान् ।

KAMAL THAPA
फाइल फोटो

परराष्ट्रमन्त्री थापाले विश्वकप क्रिकेटको छनोट चरणमा प्रवेश गरेका सम्पूर्ण क्रिकेट खेलाडी, खेलपदाधिकारी र खेलप्रेमीप्रति बधाई ज्ञापन गर्दै विजयादशमीका दिन १९ वर्षमुनिका क्रिकेट खेलाडीले मलेसियामा हासिल गरेको सफलताबाट राष्ट्रवासीलाई हर्षित तुल्याएको र मुलुकको गरिमा बढेको राससलाई बताए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली यु–१९ क्रिकेट टोली आगामी वर्ष बङ्गलादेशमा हुने आइसिसी यु–१९ विश्वकप विश्वकपका लागि छनोट भएकामा खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई बिहीबार बधाई दिँदै क्रिकेटबाट प्राप्त भएको विजय सबै नेपाली खेलप्रेमी र मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको र क्रिकेटलगायत अन्य खेलको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?