+
+

महराले भने- सभामुख ओनसरी मैले पढाएकी विद्यार्थी हुन्

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ७ गते १७:३६

७ कात्तिक, काठमाडौं । एमाओवादीका महासचिव कृष्णबहादुर महराले नयाँ सभामुख ओनसरी घर्ती मगर आफूले पढाएको विद्यार्थी भएको बताएका छन् ।

krishna bahadur maharaसभामुखको निर्वाचन भएपछि पहिलोपटक शनिबार बसेको व्यवस्थापिका संसदको बैठकामा सम्बोधन गर्दै महराले यस्तो बताएका हुन् ।

‘राजनीतिमा प्रवेस गर्नुअघि जुन स्कुलमा पढाउँथे, अहिलेकी सभामुख ओनसरी घर्ती मगरजी त्यही स्कूलको विद्यार्थी हुनुहुन्थ्यो ।’ महराले भने- मैले पढाएको विद्यार्थी सभामुखकोरुपमा पाउँदा मलाई निकै बढी खुसी लागेको छ ।’

रुपान्तरित संसदका अगाडि ठूला चुनौतिहरु रहेको बताउँदै उनले समस्याको समाधान गर्न नवनिर्वाचित सभामुख र उपसभामुखलाई सफलताको सुभकामना दिए ।

नेपालको संविधान २०७२ पनि संसदको भासमुख र उपसभामुखजस्तो गरिमामय पदमा समावेसी बनाउन सकेकोमा हामीले गर्व गर्नुपर्ने बताउँदै नयाँ संविधालने उत्पीडनमा परेका समदुदायलाई यो ठाउँसम्म ल्याएको महराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?