Comments Add Comment

कविता-पेट्रोल

Sudarsan-Rajopadyaya

सुदर्शन राजोपाध्याय्

नाम हो मेरो पेट्रोल
कोहि भन्छन् अंग्रेजीमा फ्यूल्
कोहि भन्छन् आफनै भाषामा तेल
सबै पुकारछन् मलाई पेट्रोल ।

मेरो शरिरमा खन्याउछन् मटितेल
कस्तो डरलाग्दो यो चालखेल
मलाई पाउन गर्छन् ठेलम्ठेल
मलाई पाउन हुन्छन् अफिसै गय्ल
मलाई पाउन देखाउछन् अनेक खेल ।
नेताहरु गर्छन् अति नै झेल
तरपनि पर्दैनन् कोहिपनि जेल
कस्तो हो यो मलाई पाउने गजबको रोल
न त कालो हो गोल
न त हो फुटबलको गोल
यो त रैछ अंग्रेजी गोल ।
नेताहरु लगाउंछन् मलाई बढी मोल
सोझा सिधाहरु तिर्छन् उहि तोलमोतोल
मलाई टाढा राख्ने नेताहरुको रोल
आम्मै । कस्तो गेम हो यो भद्रगोल
नेताहरुले पिउनेछन् जनताहरुको रिषको झोल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment