Comments Add Comment

गीत-मैले कति दिए देशलाई

Bhagawat-Acharya

भागवत आचार्य
सबै भन्छन् ‘यो देशले के दियो मलाई’
म त भन्छु मैले कति दिएँ देशलाई

कर्मशील यी हातले देश बनाउनु छ
कर्मैले समृद्धिको दियो जगाउनु छ
सुकर्मले देश बन्छ, देशले दिन्छ अनि
उन्नतिको बाटो मिल्छ, उपहार पनि

प्रगतिमा देश लाने चाहना छ मलाई
म त भन्छु मैले कति दिएँ देशलाई

आफैँ उठ्ने हैन देश मैले उठाउनु छ
एक बारको जीवन मेरो सफल बनाउनु छ
दूग्धधारा पाउछु मैले आमा सुखी भए
धेरै पाउछु मैले देश हराभरा भए

देशलाई माथि लाने चाहना छ मलाई
म त भन्छु मैले कति दिएँ देशलाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment