+
+

लमहीमा झण्डै ९ करोड लगानीमा ब्यापारीक भवन बन्दै

१२ कात्तिक, दाङ । पूर्व-पश्चिम राजमार्गले छोएको दाङ देउखुरीको लमहीमा ठूलो लगानीमा बहुउद्देश्यीय ब्यापारीक भबन बन्न थालेको छ । लमही नगर विकास समितिले आफ्नै लगानीमा ब्यवस्थित ब्यापारका लागि बहुउद्देश्यीय ब्यापारीक भबन बनाउन थालेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १२ गते ११:१३

Multiproposed-building-at-L

  • लमहीमा निर्माणाधीन बहुउद्देश्यीय ब्यापारीक भबनको स्केच

दशरथ घिमिरे

१२ कात्तिक, दाङ । पूर्व-पश्चिम राजमार्गले छोएको दाङ देउखुरीको लमहीमा ठूलो लगानीमा बहुउद्देश्यीय ब्यापारीक भबन बन्न थालेको छ । लमही नगर विकास समितिले आफ्नै लगानीमा ब्यवस्थित ब्यापारका लागि बहुउद्देश्यीय ब्यापारीक भबन बनाउन थालेको हो ।

पूर्व-पश्चिम राजमार्गसँग सटेको साढे ४ कठ्ठा जग्गामा निर्माणाधिन भवनको अनुमानित लागत ८ करोड ३३ लाख २४ हजार ९३ रुपैयाँ छ । अण्डर ग्राउण्ड पार्किङसहित साढे ८ तल्लाको भवन निर्माण गरिनेछ । यो भवन मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलकै पहिलो हुने दाबी गरिएको छ ।

‘ब्यवस्थीत बजारकालागि यो भवन बनाउन थालेका हौं,’ लमही नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदीले भने, ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिस लमही हुँदै ओहोर-दोहोर गर्छन्, उनीहरु सबैलाई सुविधा पुग्ने विश्वास छ ।’

झण्डै ९ करोडको लागत स्टिमेट तयार पारिएको भवनको अहिले जग (फ्रेम स्ट्रक्चर) बनाउने काम भैरहेको छ । यो काम चक्रेश्वरी/शिव शक्ति जे.भी. सानेपाले ठेक्कामा लिएको छ । ०७३ जेठ मध्यमा भवनको फ्रेम स्ट्रक्चर बनाउने काम सक्ने लक्ष्य राखिएको छ ।

Multiproposed-building-at-Lराजमार्गदेखि दुई तला अण्डरग्राउण्ड हुने छ । जहाँ पार्किङ्गको सुविधा रहने लमही नगर विकास समितिका सबईञ्जिनियर तुलसीराम अर्यालले जानकारी दिए ।

‘यो भवन मल्टिप्रपोज्जडका लागि हो, बैंक, होटेल, आधुनिक फिल्म हल जेमा पनि प्रयोग गर्न सकिन्छ,’ उनले भने, ‘छरिएर रहेको बजारलाई एकीकृत गर्न सकिन्छ, सबै सामान पाइने महलको रुपमा स्थापीत गर्न सकिन्छ ।’

घडेरी बिक्रीबाट जम्मा भएको रकम भवन निर्माणमा लगानी गरिएको छ । उक्त भवनबाट नगर विकास समितिको आन्तरिक आयश्रोत थप वृद्धि हुने विश्वास गरिएको छ ।

नगर विकास समितिले हाल लमहीमा बसपार्क, केही भवन र सटरहरु भाडामा लगाएको छ । त्यहीबाट आएको मासिक आम्दानीले कर्मचारीको तलब र कार्यालय सञ्चालन गर्दै आएको छ ।

स्थानीय स्तरमा ठूलो लगानीमा ब्यापारीक भवन बन्न थालेपछि देउखुरी क्षेत्रमा छुट्टै चहल पहल छ । दीर्घकालीन ब्यवसायका लागि अधिकांशको रोजाई सोही ब्यापारीक भवन बन्ने देखिएको छ । उक्त आधुनिक र सुविधा सम्पन्न ब्यापारिक भवनमा आफूहरुको पनि पहुँच होस् भन्ने साना व्यापारीहरुको माग छ ।

‘सबै राम्रो हुँदै गयो भने एउटा सटरसम्म भाडामा लिने योजना बनाएको छु,’ स्थानीय व्यापारी भेषराज भट्टराईले भने, ‘साना ब्यापारीहरुको पहुँच पनि यस्ता भवनमा हुनुपर्छ, योजना बनाउँदा नगर विकास समितिले ख्याल गरिदियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?