+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

नेपालले चीनसँग तेल किन्ने सम्झौताबारे भारत भन्छ- ‘पर्खौं र हेरौं’

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १२ गते १६:०५

B-Ashok

१२ कात्तिक, काठमाडौं । भारतले चीनसँग नेपाल आयल निगमले गरेको तेल खरिदको सम्झौतामा आफु ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताएको छ ।

नेपालमा नेपाल आयल निगमलाई इन्ध बेच्दै आएको भारतीय आयल कर्पोरेशन (आर्इओसी) का अध्यक्षले नेपालले चीनसँग गरेको सम्झौता आफुहरुले बिचार गरिरहेको बताएका हुन् ।

नयाँ दिल्लीमा एक समारोहमा भाग लिन पुगेका आईओसीका अध्यक्ष तथा प्रवन्ध निर्देशक बी अशोकले अब भारतले नेपालमा इन्धनको आपूर्ति बढाउने बताएका छन् ।

चीनसँग नेपालले इन्धन खरिद गर्नेबारे बेइजिङमा सम्झौता भएको भोलिपल्टै आइओसीले नेपालका नाकाहरुमा आन्दोलन रोकिएलगत्तै इन्धनको आपूर्ति बढाउने बताएको भारतीय पत्रिका बिजनेश स्ट्यान्डर्डको अनलाइन संस्करणले जनाएको छ ।

‘हाम्रो नेपालसँग चार दशकदेखि ब्यापारिक सम्बन्ध छ । तर, केही समयदेखि नेपालसँगको ब्यापार ओरालो लागेको छ’ अध्यक्ष अशोकले भने-‘नेपालमा तेल आपूर्ति अहिले पनि भइरहेकै छ, नाकाहरुमा आन्दोलन मत्थर हुनासाथ हामी आपूर्ति बढ्नेमा आशावादी छौं ।’

नेपालले चीनसँग तेल किन्दा भारतले ठूलो बजार हिस्सा गुमाउनेबारे पत्रकारले गरेको प्रश्नमा उनले भने-‘पर्खौं र हेरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?