+
+
Shares

सुत्केरीको मृत्यु भएपछि सेती अञ्चल अस्पतालमा नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ८ गते १५:१६

८ चैत, कैलाली । उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तहरुले सेती अञ्चल अस्पतालमा प्रदर्शन गरेका छन् । धनगढी उपमहानगरपालिका १२ जुगेडाकी २२ बर्षिया रेखा थापाको उपचारको क्रममा बिहीबार मृत्यु भएपछि अस्पताल पुगेका आफन्तहरुले नारावाजी गर्दै प्रदर्शन गरेका हुन् ।

सुत्केरी व्यथा लागेपछि चैत ४ गते भर्ना भएकी थापाको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि उनको पेट सुन्निएको मृतकका श्रीमान जय थापाले बताए । उनले उपचारमा संलग्न डाक्टरले दुई दिनसम्म ग्यास्ट्रिकको उपचार गरिरहे ।

तर पेट सुन्निने समस्या कम नभएपछि उनलाई थप उपचारको लागि ७ गते बिहान कोहलपुर रेफर गरिएकोमा बाटोमा नै बिरामीको उनका श्रीमानले जानकारी दिए ।

मृत्यु भएपिछ मृतकको शव आफन्तले बुझ्न मानेका छ्रैनन् । डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले भने शव नबुझेका हुन् ।

मृतकका आफन्तले लापरबाही गर्ने डाक्टरलाई कारबाही गरिनुपर्ने माग राख्दै विहानैदेखि अस्पताल परिसरमा नाराबाजी गरेका छन् ।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै व्यापक मात्रामा प्रहरी परिचालन गरिएको कैलालीका प्रहरी प्रमुख आभुषण तिम्सिनाले बताए । उनले मृतकका आफन्त र अस्पताल प्रशासनबीच अहिले वार्ता भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?