+
+

दाङमा अत्यावश्यक सवारी साधनलाई समेत तेल छैन

१२ कात्तिक, दाङ । अत्यावश्यक सवारी साधनका लागि समेत नरहने गरी दाङ देउखुरीका पेट्रोलपम्पहरुले तेल वितरण गरेका छन् । जिल्ला प्रशासन कार्यालयले विहीबार गरेको अनुगमनका क्रममा एम्वुलेन्स, दमकल, सार्वजनिक सवारी साधन र प्रशासनलाई समेत नरहने गरी तेल वितरण गरेको फेला परेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १२ गते १५:५३

monitoring-of-Petrolpumpदशरथ घिमिरे
१२ कात्तिक, दाङ । अत्यावश्यक सवारी साधनका लागि समेत नरहने गरी दाङ देउखुरीका पेट्रोलपम्पहरुले तेल वितरण गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले विहीबार गरेको अनुगमनका क्रममा एम्वुलेन्स, दमकल, सार्वजनिक सवारी साधन र प्रशासनलाई समेत नरहने गरी तेल वितरण गरेको फेला परेको हो ।

‘अत्यावश्यक सवारी साधनलाई तेल वितरण गर्न प्रशासनले पम्पहरुलाई लिखित र मौखिक रुपमा आग्रह गरेको थियो । तर, पम्पहरुले अत्यावश्क सवारी साधनलाई समेत नरहने गरी तेल वितरण गरेको पाइयो,’ जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत अम्मरराज शर्माले भने ।

डिजल तथा पेट्रोल पम्पहरुले इन्धन स्टक गरेर नदिएको र बजारमा इन्धनको कालोबजारी गरेको जनगुनासो पछि प्रशासनले देउखुरीका ११ वटा पम्पहरुको अनुगमन गरेको थियो । प्रहरीको रोहवरमा प्रशासनले पम्पहरुको अनुगमन गरेको हो ।

monitoring-of-Petrolpump-at

ईन्धन भएर पनि नदिएको फेला परेमा छापा मार्नेसम्मको अधिकार लिएर अनुगमन गरिएको भएपनि पम्पहरुमा तेल फेला परेन । पूर्वमा भालुवाङदेखि पश्चिममा सतवरीयासम्मका पम्पहरुको अनुगमन भएको छ ।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत अम्मरराज शर्मा, वडा प्रहरी कार्यालयका सुरेशबहादुर वुढा क्षेत्री, सीमा सुरक्षा कार्यालय अर्जुनखोला लमहीका द्रोण बुढा र ईलाका प्रशासन कार्यालय लमहीका मुन्सीराम चौधरी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?