+
+

अनलाइनमार्फत ठगी गरेको आरोपमा ४ जना पक्राउ

क्रिप्टोमा देखियो १० करोड बढीको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते १८:१९

६ जेठ, काठमाडौं । अनलाइनमार्फत ठगी गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रेको नमोबुद्ध नगरपालिका–२ का ३१ वर्षीय सुदिप प्याकुरेल, सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ का ३० वर्षीय सञ्जय बस्नेत, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ का १९ वर्षीय छेवाङ लामा र सिन्धुपाल्चोकको पाँचपोखरी थानपाल गाउँपालिका–५ का २१ वर्षीय करण तामाङ छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स् एप, इन्टाग्रामलगायतमा साथी बनाई कुराकानी गरी विश्वास दिलाउने र विभिन्न सामानहरु गिफ्ट पठाइदिएको छु भन्सार शुल्क भन्दै रकम हाल्न लगाएर ठगी गरेको खुलेको छ ।

अनालइनमा लगानी गर्दा रकम दोब्बरले बढ्ने भन्दै आश्वासन दिँदै रकम हाल्न लगाएर पनि ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए । यो समूहले अहिलेसम्म १६ लाख ५९ हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।

पक्राउ परेकाहरु क्रिप्टोमार्फत कारोबार गरेको समेत खुलेको छ । सञ्जयले मात्रै ६ करोड ३८ लाख ६५ हजार ४९६ रुपैयाँको कारोबार गरेको देखिएको छ ।

करणले ४ करोड ५६ लाख ७७ हजार रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?