Comments Add Comment

सुटुक्क काठमाडौं आएर बीजेपी नेता जोलीले ओली र विद्यालाई भेटे

Vijay-Joll-with-Kp-oli

१२ कात्तिक, काठमाडौं । भारतीय जनता पार्टीका नेता विजय जोलीले राष्ट्रपति निर्वाचनको अघिल्लो दिन सुटुक्क काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।

भारतले नेपालमा अघोषित नाकाबन्दी गरिरहेका बेला भारतको सत्तारुढ पार्टी बीजेपीका नेता जोली यसैसाता काठमाडौं आएका थिए । उनले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका छन् । ओलीले जोलीलाई आफ्नो सपथ ग्रहणमै बोलाएको तर, चीनमा रहेकाले आउन नपाएको जोलीले बताएका छन् ।

जोलीले बालुवाटारमा नै विद्या भण्डारीसँग भेटेका थिए । भण्डारीसँग ३५ मिनेट वार्ता गरेको भन्दै जोलीले अहिले राष्ट्रपतिमा निर्वाचित भएकामा बधाइसमेत दिएका छन् ।

प्रधानमन्त्री ओली र भण्डारीले नेपालमा बढ्दो इन्धन संकटबारे आफूसमक्ष चिन्ता व्यक्त गरेको जोलीले विज्ञप्तिमार्फत जनाएका छन् ।

आफूले भने भारतसँगै नेपालको असल छिमेकीका रुपमा रहेको भन्दै भारतले नाकाबन्दी नगरेको दाबी गरेका छन् । तर, मधेसी मागमा नेपालको संविधान संशोधन तथा इन्धन तथा ग्यास संकट आजको आवश्यकता भएको जोलीले बताएका छन् ।

बीजेपीका नेता जोलीले काठमाडौं बसाइका क्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइराला, एमाले महासचिव ईश्वर पोखरेल लगायतसँग पनि भेट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment