Comments Add Comment

दिपकको उपेन्द्रलाई चिठ्ठी, के कलाकारको कुरा सुन्लान् त ?

deepak-raj
मधेश केन्द्रित दलहरुलाई जम्मा गरेर नेपालको तराई क्षेत्रमा आन्दोलन गरिरहेका नेता उपेन्द्र यादबलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा हाँस्य कलाकार दिपकराज गिरीले पत्र नै लेखे ।

उपेन्द्रले ८ जिल्लाको लगौटी होइन २२ जिल्लाकोे धोती चाहियो भन्ने कुरा गरेपछि दिपकराजले २२ जिल्लाको धोती मात्रै होइन ७५ जिल्लाको सिरक बन्न सुझाब दिएका थिए यादबलाई ।

उनको फेसबुक पेजमा उनका सयौ प्रसंसकले प्रतिक्रिया दिए पनि स्वयं यादबले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

सिंगै देशलाई एउटै सुत्रमा बाँध्नका लागि यो चिठ्ठी लेखेको धारणा राख्ने गिरीले आफुले हिमाल, पहाड र तराईका मान्छेलाई सँधै बराबर देखेको बताए ।

‘हुनत तपाई म भन्दा धेरै बौद्धिक मान्छे, म सामान्य कलाकार । अहिले पहाडमा मधेसीलाइ सम्मानै गरिन्छ, तपाई परराष्ट्रमन्त्री हुँदा हामिले मधेसको परराष्ट्रमन्त्रीको हिसाबले बुझेनौ’- दीपकले लेखेका छन् ।

रामबरण यादब र परमानन्द झालाई आम नेपालीले सलाम गरको सम्झाउँदै उनले भनेका छन्-‘मेरो छोरीको कती साथिहरू मधेसी छन्, घरमा आउदा आफन्तकै ब्यबहार गर्छु ।’

दिपकले लेखेको यो स्टाटसले राम्रो चर्चा पनि पाइरहेको छ । तर, उपेन्द्र यादवले भने दिपकको यो स्टाटसमा प्रतिक्रिया दिएका छैनन् । दिपकले देशका समसामयिक बिषयमा फेसुबकमार्फत आफ्नो भनाई सार्वजनिक गर्दै आएका छन् । नेपालमा थोरै मात्र कलाकार छन् जसले देश र जनताको बिषयमा आफ्ना भनाई राख्ने गर्छन् । अधिकांश कलाकार आफ्ना तस्बिर पोष्ट गर्नमै फेसबुक प्रयोग गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment