Comments Add Comment

प्रधानमन्त्री ओलीलाई प्रश्न: उपप्रधानमन्त्री बनाएको कि भलिबल टीम ?

Oli-Cabinet

१९ कात्तिक, काठमाडौं । केपी ओली नेतृत्वको सरकार दोस्रोपटक विस्तार भएको समाचार आउनासाथ एकजना पाठकले व्यंग्यसहित कमेन्ट गरे ‘लक्ष्मणसिंह खड्का छुटेछन् त, उनलाई पनि मन्त्री बनाउनुपर्‍यो । कतिपयले ६ जना प्रधानमन्त्रीको टिमलाई ‘भलिबल टीम’को संज्ञा दिएका छन् ।

सरकारको विस्तारमा देखिएको दृश्य जनताको नजरमा सकारात्मक छैन भन्ने सन्देश सामाजिक सञ्जालको प्रतिक्रियाबाट स्पष्ट हुन्छ ।
सरकार विस्तारसँगै सामाजिक सञ्जालमा आएका केही प्रतिक्रिया यस्ता छन् :

 

 

नयाँ संविधानपछिको पहिलो संसदीय विकृति

केपी ओलीको नेतृत्वमा भइरहेको सरकार सञ्चालनको प्रारम्भिक रुपरेखा हेर्दाखेरि यसले विगतको संसदीय व्यवस्थाकै विकृत रुपलाई स्मरण गराएको छ । सरकारमा ६ जना उपप्रधानमन्त्रीहरु बनाएर राज्यलाई अनावश्यक भारतमात्रै पारिएको छैन, यसले नेपाली राजनीतिको मजाक उढाएको छ ।

राप्रपा नेपालले एउटै मन्त्रालयमा तीन मन्त्री नियुक्त गर्ने तयारी गरेको छ । अबको केही दिनमै गरिने राज्यमन्त्री र सहायक मन्त्रीहरुको सपथले यो सरकारलाई थप भद्दा बनाउने छ । भूमिसुधार र स्थानीय विकासमा तीन-तीनजना मन्त्रीहरु राप्रपा नेपालले नियुक्त गर्न लागेको छ ।

आफूलाई राजनीतिमा आदर्श स्थापना गर्ने र भ्रष्टाचारको विरोध गर्ने बताउँदै आएको राप्रपा नेपालले समेत यो सरकारमा मन्त्रीको संख्या भद्दा बनाएर आफ्नो छवि धुमिल बनाउन लागेको छ ।

विगतमा राप्रपाभित्र हुने गरेको कुर्सीको झगडा यसपटक पनि देखा परेको छ । एउटा मन्त्रीको कोटा पाएको राप्रपाले आन्तरिक झगडाका कारण मन्त्री छान्न सकेको छैन ।

विश्वेन्द्र पासवानलाई विनाविभागीय मन्त्री बनाएर आफ्नो भद्दापन देखाइसकेका ओलीले संसदमा तीन सीटको प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चालाई समेत उपप्रधानमन्त्री दिएको छ ।

टोपबहादुृर रायमाझी, विजय गच्छदार, कमल थापा, भीम रावल, सीपी मैनाली र चित्रहादुर केसी समेत गरी ६ जना उपप्रधानमन्त्री बनेका छन् । यो नेपालको इतिहासकै सबैभन्दा ठूलो संख्या हो । तीन सीटे दललाई उपप्रधानमन्त्री दिएपछि अब राप्रपाले पनि उपप्रधानमन्त्री दाबी गर्ने बाटो खुलेको छ ।

आफ्नो सरकार टिकाउनका लागि जसलाई पनि र जतिलाई पनि मन्त्री पद बाँड्ने नीतिमा ओली सरकार रहेको देखिन्छ । तर, यतिहुँदा हुँदै पनि प्रधानमन्त्रीले विजयकुमार गच्छदारलाई चित्त बुझाउन सकेका छैनन् ।

यदि दलहरुले विगतका संसदीय कमजोरी स्वीकार गर्ने र सच्याउने प्रतिवद्धता जनाएका हुन् भने सानो र स्वच्छ मानिसहरुको मँत्रीमण्डल बनोस् भन्ने जनचाहना रहँदै आएको छ । तर, केपी ओलीले जस्तो किसिमले सरकार विस्तार गरेका छन्, यसलाई जनमानसले रुचाएका छैनन् भन्ने कुरा सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाहरुले स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment