Comments Add Comment

गोदावरी फूलको मेला जावलाखेलमा सुरु

Puspa Mela 2072

१९ कात्तिक, काठमाडौं । कृषि विकास मन्त्रालयको सहयोगमा ˆलोेरिकल्चर एशोसिएसन नेपालको आयोजनामा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी बिहिबारदेखि ललितपुरको जावलाखेलमा सुरु भएको छ ।

गोदावरी फूलको व्यवसायिक विकास, विस्तार र प्रवर्द्धन गर्ने उदेश्यले ९ औं गोदावरी फूलको प्रदर्शनी गरिएको हो ।

मेला उद्घाटन गर्दै कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले पुष्पजन्य वस्तु निर्यातमा मन्त्रालयको सहयोग गर्ने बताए । उनले पुष्प नीतिको कार्यान्वयनका लागि बजेट उपलब्ध गराउने पनि बताए ।

जावलाखेलको खेलमैदानमा जारी प्रदर्शनी आइतबारसम्म चल्ने छ । तिहार पर्वलाई लक्षित गरेर पनि गोदावरी पुष्प मेला गरेको आयोजकले जनाएको छ ।

Puspa Mela 2072 final

‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी’ भन्ने नाराका साथ मेला आयोजना गरिएको मेला संयोजक दिलिप बादेले बताए । प्रतियोगितामा सहभागीमध्ये प्रथम, द्वितीय तथा तृतीय भएका नर्सरीलाई पुरस्कृत पनि गरिएको छ ।

मेलामा व्यवसायिक, सूचनामुलक र प्रतिस्पर्धात्मक गरी ३६ वटा प्रदर्शनी कक्षहरु छन् । गोदावरी फूलको विभिन्न प्रजातीका फूलहरुका साथै बिरुवाहरु समेत प्रदर्शनीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment