+
+

कालोबजारीको आरोपमा पक्राउ परेका ग्याँस उद्योगी केही बेरमै छुटे

२१ कात्तिक, नेपालगन्ज । खाना पकाउने ग्यासमा कालोबजारी गरेको आारेपमा पक्राउ परेका ग्यास उद्योगी राजेश श्रेष्ठ रिहा भएका छन् ।

खाना पकाउने ग्यासको चरम अभाव भइरहेको समयमा कालोबजारीमा संलग्न भएको भन्दै पक्राउ परेका मनकामना ग्याँस उद्योगका सञ्चालक राजेश श्रेष्ठलाई प्रहरीले रिहा गरेको हो । कालोबजारी गरेको आवश्यक प्रमाण नपुगेपछि रिहा गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद लेखकले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २० गते १७:२७

आरपी सुवेदी
२0 कात्तिक, नेपालगन्ज । खाना पकाउने ग्याँसमा कालोबजारी गरेको आारेपमा पक्राउ परेका मनकामना ग्याँस उद्योगका सञ्चालक राजेश श्रेष्ठ केही बेरमै रिहा भएका छन् । ग्याँस कालोबजारी गरेको प्रमाण नपुगेको भन्दै प्रहरीले उनलार्इ रिहा गरेको हो ।

कालोबजारी गरेको आवश्यक प्रमाण नपुगेपछि श्रेष्ठलार्इ रिहा गरेको बाँके प्रमुख जिल्ला अधिकारी बेदप्रसाद लेखकले बताए । खाना पकाउने ग्याँसको चरम अभाव भइरहेको समयमा कालोबजारीमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

उनी विरुद्ध १४ सय रुपैयाँमा पर्ने एक सिलिन्डर ग्याँस ८ हजार रुपैयाँसम्ममा बिक्री गरेको भन्दै उजुरी परेको थियो । जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार साँझ श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।

प्रमुख जिल्ला अधिकारी लेखकले उजुरीका अधारमा श्रेष्ठलाई नियन्त्रणमा लिएर कारवाही चलाउन प्रशासकीय अधिकृत खगेन्द्र पौडेललाई जिम्मा लगाएका थिए । तर, अनुसन्धानमा उद्योगले बढी मूल्यमा बिक्री गरेको नदेखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उनलाई प्रमाण जुटेका बेला कारवाही गर्ने गरी रिहा गरिएको प्रमुख जिल्ला अधिकारी लेखकले बताए । व्यावसायी श्रेष्ठ हिजो रातिदेखि प्रहरी हिरासतमा थिए ।

श्रेष्ठ पक्राउपरे लगत्तै रिहा गर्न प्रहरी-प्रशासनमा ठूलो राजनीतिक दबाब परेको थियो ।  प्रशासनले नेपालगन्जमा ग्यासमा कालोबजारी गर्नेहरु माथि निगरानी राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?