+
+

सार्वजनिक लेखा समितिले माग्यो इन्धन आयातको विवरण

२० कात्तिक, काठमाडौँ । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले पेट्रोलियम पदार्थ आयात गर्ने प्रयोजनका लागि जारी गरिएको आशयपत्रपछिका काम कारबाहीसहित सम्पूर्ण विवरण उपलब्ध गराउन दुई निकायलाई निर्देशन दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २० गते १८:०२

Lekha samiti

  • फाइल तस्वीर

२० कात्तिक, काठमाडौँ । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिले पेट्रोलियम पदार्थ आयात गर्ने प्रयोजनका लागि जारी गरिएको आशयपत्रपछिका काम कारबाहीसहित सम्पूर्ण विवरण उपलब्ध गराउन दुई निकायलाई निर्देशन दिएको छ ।

समितिले वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमलाई शुक्रबार पत्र पठाएर तीन दिनभित्र आयात सम्बन्धमा भएका सम्पूर्ण विवरणसहितको कागजपत्र उपललब्ध गराउन निर्देशन दिएको हो ।

समितिले आशयपत्रमा उल्लेखित विषय, इन्धन आपूर्तिका लागि निवेदन पेस गरेका आपूर्तिकर्ता र आपूर्तिकर्ताको व्यावसायिक कारोबारको सङ्क्षिप्त ऐतिहासिक पृष्ठभूमिसमेत माग गरेको समितिका उपसचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

उनका अनुसार समितिले आशयपत्रमा निवेदकको हालको अवस्था र उनीहरुले निवेदनमा उल्लेख गरेको आपूर्ति योजना, कार्यतालिका, गुणस्तर र दरको तुलनात्मक विवरणसमेत माग गरेको छ ।

त्यसैगरी समितिले आपूर्तिकर्ता छनोट गर्दा लिइएको आधार, कारण र सम्झौताका सर्त, निगमले उक्त पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्ने कार्ययोजना, दर र मूल्य समायोजन गर्ने योजना, छनोट भएको आपूर्तिकर्तालाई अग्रिम रकम भुक्तानी गरे नगरेको र गरेको भए त्यसको सर्त र कारण समेत माग गरेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?