Comments Add Comment

राष्ट्रियताका लागि भारतसँग झुक्दैनौंः प्रचण्ड

Prachanda

२१ कात्तिक, बुटबल । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु भारतसँग कहिले पनि नझुक्ने बताएका छन् ।

क्रान्तिकारी पत्रकार संघ रुपन्देहीले शनिबार बुटबलमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने- ‘भारतको हामीले के बिगारेका छौं र नेपाली जनताले संविधान पाउदा भारतको टाउको किन दुख्ने ?’ राष्ट्रियताका लागि जस्तोसुकै त्याग गर्न पनि आफू तयार रहेको उनले बताए ।

भारतले गरेको अघोषित नाकाबन्दीको कारण देश अस्तव्यस्त भएको भन्दै असल छिमेकीले अन्र्तराष्ट्रिय सन्धी सम्झौता विपरीत नाकाबन्दी लगाएकोले आफैमा अन्र्तराष्ट्रियकरण भएको बताए ।

उच्च स्तरीय संयन्त्रको संयोजकसमेत रहेका प्रचण्डले निकासका लागि कांग्रेसलाई पनि संगसगै लिएर अघि बढिने बताए ।

ठूलो शक्तिलाई पाखा लगाएर राजनीतिक समाधान नहुनेभन्दै प्रचण्डले कांग्रेससँग सहकार्य गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment