२१ कात्तिक, काठमाडौं । वैशाख २९ को भूकम्पमा उद्दारका क्रममा खटिएको अमेरिकी मरिन हेलिकोप्टरको दुर्घटना खराब मौसमका कारण भएको अनुसन्धानबाट खुलेको छ ।
साथै हेलिकोप्टर उडेको क्षेत्रको भूभागप्रति चालकले छिटो गर्ने नाममा काठमाडौंबाट जाँदाको नभई अर्कै रुट प्रयोग गरेको र त्यसक्रममा बादलभित्र फसेको पाइएको छ ।
भूकम्पपछि घाइते भएकाहरुको उद्धारमा खटिएको अमेरिकी हेलिकोप्टर उत्तरी दोलखामा दुर्घटना भएको थियो । दुर्घटनामा पाँच अमेरिकी सेना, दुई नेपाली सैनिक र उद्धार गरिएका पाँच जना भूकम्पपीडितको मृत्यु भएको थियो ।
शुक्रबार राति सार्वजनिक भएको अनुसन्धान रिपोर्टका अनुसार हेलिकोप्टरले सीधा बाटो (रुट) प्रयोग गरेको थियो । भूकम्प पीडित स्थलबाट उद्धार गरिएका घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर भएकाले हेलिकोप्टरका पाइलटले एम्बुलेन्स भएको ठाउँसम्म पुर्याउन छोटो बाटो रोजेका थिए ।
त्रिभुवन विमानस्थलबाट उड्दा हेलिकोप्टरले प्रयोग गरेको रुटको समय २८ मिनेट थियो । तर, उसले छोटो बाटो रोज्यो, जुन २२ मिनेटको भएको अनुसन्धानबाट देखिएको छ ।
‘हेलिकोप्टर उडेको क्षेत्रको भूभागप्रति चालक अनविज्ञ थिए । तर, छोटो रुट प्रयोग गर्दा बादलभित्र फस्यो’ अमेरिकी सेनाको अध्ययन रिपोर्टमा भनिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
प्रतिक्रिया 4