+
+

भोलिदेखि तीनवटा उडानमार्फत हवाइ इन्धन आउने

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २२ गते १८:२४

Nepal-Airlines२२ कात्तिक, काठमाडौं । नेपाल एयरलाइन्सले भोलिदेखि तीनवटा उडानमार्फत हवाइ इन्धन नेपाल ल्याउने भएको छ । भारतको कोलकत्ताबाट एयर लिफ्टिङ गरिरहेको एयरलाइन्सले सोमबार र मंगलबार तीन-तीन वटा बिमानमार्फत हवाइ इन्धन ल्याउने जनाएको छ । आज आइतबार निगमले २ वटा उडान गरेर इन्धन ल्याएको थियो ।

आइतबारसम्म नेपाल एयरलाइन्सले ४३ उडान गरेर झण्डै ९ लाख ४६ हजार लिटर हवाई इन्धन ल्याएको छ । एउटा उडानबाट नेपाल एयरलाइन्सले २२ हजार लिटर इन्धन ल्याउने गरेको छ ।

कम्पनिले पर्सीदेखि ४ वटा उडानमार्फत हवाइ इन्धन ल्याउने तयारी गरेको छ । हवाइ इन्धनको आपूर्तिमा समस्या हुँदा आइतबार झण्डै ७७ प्रतिशत आन्तरिक उडान रद्द भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?