Comments Add Comment

देउसी खेल्दा धुर्मुशको आँखा पैसामा

dhurmus

काठमाडौ । हाँस्य ब्यङ्ग्य क्षेत्रमा परिचित सीताराम कट्टेल ‘धुर्मुश’ पछिल्लो समय सामाजिक काममा समेत सक्रिय छन् । वैशाखमा आएको विनाशकारी भूकम्प पीडितका लागि चिटिक्क परेका घर टहरा बनाएर सहयोग गरेका धुर्मसको धेरैले प्रशंसा गरे ।

तिहारलाई पवित्र पर्व मान्ने धुर्मुश सानैदेखि तिहारमा खेलिने देउसी कार्यक्रममा सक्रिय सहभागिता जनाउँथे । उनको देउसी अनुभव यस्तो छ । उनको आफ्नै शब्दमा :

सोलुखुम्बुमा जन्मेको मान्छे देउसीको अनुभव गज्जब छ । हरेक तिहारमा दाईहरुको पछि लागेर लौरो टेक्दै जान्थें । निकै रमाईलो हुन्थ्यो । दाईहरुले नै भट्याउँथे, म चाहीँ पछाडी बसेर देउसीरे भन्थें । झोला दाईहरुले मलाई नै बोकाउँथे ।

देउसी खेल्न जानुको मुख्य उदेश्य पैसा नै हुन्थ्यो । घरवालाले नाङ्लो बाहिर निकाल्ने बित्तिकै मेरो आँखा पैसामा पुग्थ्यो । चित्तबुझ्दो पैसा छ भने आशिष दिएर फर्किन्थ्यौं, थोरै छ भने धेरै कराएर हैरान पाथ्र्यौ । मलाई भट्याउन रहर लाग्थ्यो तर, दाईहरुले दिन्नथे ।

पछि झापा झर्दा म ६ कक्षामा पढ्ने भएको थिएँ । झापामा चाहीँ भट्याउने काम मेरै भयो । ६ कक्षादेखि १० कक्षा पढ्दासम्म मैले नै भट्याएँ । झापामा पनि हाम्रो देउसी खेल्नुको मुख्य उद्देश्य पैसा नै हुन्थ्यो ।

तरिका त्यहि नै भयो । धेरै दिनेलाई राम्रो आषिश दिने थोरै दिनेलाई अप्रत्यक्ष शैलीमा धम्क्याउने । देउसी खेलिसकेर पैसा बाँडेर लिने र बहिनीहरुलाई टिका लगाएर लिने चलन हुन्थ्यो ।

फलास खेल्दा टाट

मलाई तासप्रति रुची थिएन, खेल्न पनि आउँदैन थियो । मैले देउसी खेलेर सात सय जम्मा पारेको थिएँ । एउटा साथीले उक्सायो । फलासमा त पैसा झ्याप्पै मारिन्छ भन्यो । होला भनेर खेलेँ । सातसय त एकैछिनमा झिरिप्प भयो । एकैछिनमा ओठ तालु सुक्यो ।

कान्छी बहिनीलाई नाकाबन्दीले छेक्यो

विगतका वर्षमा मेरो चाड प्रायः विदेशमै हुन्थ्यो । यसपाली सबै जना एकै ठाउँमा बसेर टिका लगाउने भनेर पहिल्यै योजना बनायौं ।
यसपाली म बिदेश नगएकाले तीन दाजुभाई र दुई दिदी बहिनी एकै ठाउँमा बसेर टिका लगाउने कार्यक्रम थियो । हामी तीन भाई र एक बहिनी जम्मा भयौं तर, झापामा भएकी बहिनी आउन सकिन । नाकाबन्दीको कारण उ छुटी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment