Comments Add Comment

नेपाल आइडल रवि वडलाई नवप्रतिभा सम्मान

१० चैत, कैलाली । कैलाली उद्योग बाणिज्य संघले दोस्रो नेपाल आइडल रवि वडलाई आइतबार सम्मान गरेको छ ।

सुदूरपश्चिम महोत्सव २०७५ को अवसरमा नवप्रतिभा सम्मानद्वारा सम्मान गर्ने कार्यक्रम भए पनि उपस्थित हुन नसकेपछि रविलाई आइतबार सम्मान गरिएको संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए ।

अध्यक्ष कुँवरले आगामी दिनमा प्रत्येक वर्ष आयोजना हुने सुदूरपश्चिम महोत्सवमा सुदुरपश्चिममा रहेका प्रतिभाहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्दै लैजाने संघको उद्देश्य रहेको बताए ।

सम्मानित भएपछि नेपाल आइडल रवि वडले संघलाई धन्यबाद दिदै गर्ब लागेको बताएका थिए । सम्मानले आफूमा जिम्मेवारी थपिएको महसुस भएको रविले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment