+
+

बलिउड कलाकार सइद जफरीको निधन

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते १२:५१

saeed-jafery
बलिउडका चर्चित कलाकार सइद जफरीको ८६ बर्षको उमेरमा निधन भएको छ । ‘गान्धी, दिल, अजुबा’ जस्ता चलचित्रमा उनले महत्वपुर्ण भूमिका निर्वाहा गरेका थिए । सइदकी भान्जी शाहिन अग्रवालले फेसबुकमा उनको निधनको पुष्टी गरेकी छिन् ।

१ सय भन्दा धेरै बलिउड चलचित्रमा काम गरेका सइदलाई सन् १९७८ मा ‘शतरन्त’ नामक चलचित्रबाट ‘वेष्ट सपोटिङ एक्टर’को विधामा ‘फिल्मफेयर अवार्ड’ मिलेको थियो ।

उनले नायिका मेहरु निमाको साथमा बिहे गरेका थिए । तर, यी दुइको बिहे सन् १९६५ मा टुटेको थियो । उनको ३ छोरी छन् । उनले केही चलचित्रमा खलनायकको भूमिका पनि निर्वाहा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?