+
+

एमाले नेता इश्वरीप्रसाद पाण्डेको निधन

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते १३:०४

Late-Ishwori-Prasad-Pande३० कात्तिक, काठमाडौं । नेकपा एमालेका पूराना नेता तथा नवलपरासी जिल्ला विकास समितिका पूर्व सभापति इश्वरी प्रसाद पाण्डेको सोमवार उपचारकै क्रममा निधन भएको छ ।

लुम्बिनी एमालेका बरिष्ठ नेता मानिने पाण्डेको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जनाएका छन् ।

पाण्डेको पार्थिव शरीर एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा राखेर श्रद्धाञ्जली दिइएको छ । श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहितका नेताहरु सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?