+
+

सरकारले बढायो कफीको मूल्य, किसानलाई राहत, उपभोक्तालाई आहात

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ३० गते १७:३९

३० मंसिर, काठमाडौं । काठमाडौंमा कफी कल्चर मौलाउँदो छ । हरेक सपिङ मलमा अहिले कफी सपहरु खुलेका छन् । यदी तपाई कफीको पारखी हुनुहुन्छ भने अब तपाईको खर्च बढ्ने भएको छ ।

किनभने कफी खेती गर्ने किसानलाई प्रोत्साहित गर्ने भन्दै सरकारले नेपालमा उत्पादित कफीको मूल्य बढाएको छ । मूल्य नपाएर हैरान भएका कफी कृषकलाई राहत र उपभोक्तालाई भने आहत हुने भएको छ ।

coffeeमंसिर १ गते अर्थात मंगलबारदेखि लागू हुने गरी राष्ट्रिय चिया तथा कफी विकास बोर्डले ३ प्रकारका कफीको मूल्यबृद्धि गरेको हो ।

कफीको थप उत्पादनमा कृषकलाई प्रोत्साहन हुने गरी कफीको मूल्य बढाइएको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए ।

बोर्डले अर्गानिक प्रमाणीकरण भएको ए ग्रेडको पार्चमेन्ट कफीको मूल्य प्रतिकेजी ४ सय रुपैयाँ पुर्‍याएको छ ।

यो कफीको मूल्य एकैपटक प्रतिकेजी १ सय १५ रुपैयाँ बढाइएको हो । ए ग्रेडको पार्चमेन्ट कफी विदेशमा निर्यात हुने गरेको छ ।

यसैगरी अर्गानिक प्रमाणीकरण नभएको बी ग्रेडको पार्चमेन्ट कफीको मूल्य प्रतिकेजी ३ सय ७५ रुपैयाँ कायम भएको छ । बी ग्रेडको पार्चमेन्ट कफीको मूल्य भने पहिलो पटक तोकिएको छ ।

बोर्डले सी ग्रेडको ड्राइ चेरीको मूल्य भने प्रतिकेजी १५ रुपैयाँ बढाएर ४० रुपैयाँ पुर्‍याएको छ ।

बोर्डले अर्गानिक प्रमाणीकरण भएको ए ग्रेडको ड्राइ चेरी र अर्गानिक प्रमाणीकरण नभएको बी ग्रेडको ड्राइ चेरीको मूल्य भने बढाएको छैन ।

ए ग्रेडको ड्राइ चेरीको मूल्य अहिले प्रतिकेजी १ सय ४० रुपैयाँ तथा बी ग्रेडको ड्राइ चेरीको मूल्य प्रतिकेजी १ सय रुपैयाँ छ ।

बोर्डले ए ग्रेडको फ्रेस चेरी कफीको मूल्य पनि प्रतिकेजी १८ रुपैयाँले बढाएर ८० रुपैयाँमा पुर्‍याएको छ । बोर्डले पहिलो पटक बी ग्रेडको फ्रेस चेरी कफीको मूल्य प्रतिकेजी ७५ रुपैयाँ तोकेको छ । कफीको मूल्य बढ्दा यसका उपभोक्तालको खर्च भने बढ्ने भएको छ ।

नेपालमा अहिले २५ जिल्लामा २ हजार ३ सय ८१ हेक्टर क्षेफल जमिनमा कफी खेती हुने गरेको छ । गुल्मी, पाल्पा, पर्वत, कास्की, काभ्रे लगायतका जिल्लमा धेरै कफी उत्पादन हुन्छ ।

विदेशमा नेपाली कफीको माग ७ हजार मेटि्रक टन भएपनि ४ सय ६३ मेटि्रकटन मात्र उत्पादन भइरहेको बोर्डले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?