+
+

एउटै जिल्लाका २० हजार भारतीयसँग नेपाली नागरिकता !

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १ गते १८:१४
Fake citizenship
हालै मात्र सप्तरीमा भारतीय नागरिकले बनाएको नक्कली नेपाली नागरिकता ।

१ मंसिर, काठमाडौं । नेपालसँग सीमा जोडिएको भारतको महाराजगञ्ज जिल्लाका ४० वटा गाउँमा बस्ने २० हजार भारतीयसँग नेपाली नागरिकता रहेको भारतीय सञ्चार माध्यमले दाबी गरेका छन् ।

भारतबाट प्रकाशित हुने नवभारत टाइम्समा मंगलबार प्रकाशित समाचार अनुसार एउटै सुनौली गाविसका एक हजार भारतीयले नेपाली नागरिकता बोकेर हिँडिरहेका छन् ।

उक्त अखबारले लेखेको छ-‘दुवै देशको नागरिकता भएका व्यक्तिहरुको लोकसभा विधानसभा र गाउ पञ्चायतदेखि जिल्लापञ्चायत र क्षेत्र पञ्चायतमा दवदवा बढिरहेको छ ।’

डिसेम्बरमा हुने स्थानीय चुनावमा नेपाली नागरिकतासमेत भएका २० हजार व्यक्तिहरुले चुनाव आयोगलाई समस्या खडा गर्न सक्ने समाचारमा उल्लेख छ ।

महाराजगञ्ज जिल्लाको ८० किलोमिटर सिमा नेपालसित जोडिएको छ । समाचारमा सिद्धार्थनगर, बलरामपुर, बहराइच, गोंडा, श्रावस्ती र लखीमपुरमा पनि थुप्रैले नेपाली नागरिकता लिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?