+
+

८ लाख लिटर मटितेल निगमको डिपोमा थन्कियो, जनता दाउरा किन्न लाइनमा

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १ गते १७:२५

१ मंसिर, काठमाडौं । सर्वसाधारणलाई दाउराको लाइनमा राखेर नेपाल आयल निगमले मट्टतिेल भण्डारण गरेर राखेको पाइएको छ ।

nepal_oil_corporationखाना पकाउने ग्यास र मटितेल सकिएको भन्दै सरकारले हालै मात्र काठमाडौंमा दाउरा बेचेको थियो । तर, आयल निगमसँग झण्डै ८ लाख लिटर भन्दा बढी मट्टतिेल मौज्दात राखेको खुलेको छ ।

आयल निगमको थानकोट डिपोमा पनि २ लाख २१ हजार लिटर मट्टतिेल मैज्दात छ भने बाराको अमलेखगञ्ज डिपोमा मात्रै ५ लाख ९७ हजार लिटर मट्टतिेल भण्डारमा रहेको स्रोतले बताएको छ ।

यदि प्रति परिवार ५ लिटरको दरले बाँड्ने हो भने १ लाख ६० हजार परिवारलाई पुग्छ । र, ५ लिटर मटितेल पाउँदा अहिलेको संकटको बेलामा ठूलै राहत हुन्छ ।

यसैगरी निगमका विभिन्न क्षेत्रीय डिपोहरुमा प्रतिडिपो २०/२५ हजार लिटर मट्टतिेल मौज्दात छ ।

उपभोक्तालाई दाउरा बेचेर मटितेल किन मौज्दातमा राखेको भन्ने प्रश्नमा निगमका अधिकारीहरु ‘सुरक्षा र अत्यावश्यकका लागि भन्ने गरेका छन् । आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले भने-‘सुरक्षा र अत्यावश्यक अवस्थाका लागि मट्टतिेल राखिएको हो ।’

साथै उनले बाराको अमलेखगञ्ज डिपोमा रहेको मट्टतिेल कुनै हालतमा काठमाडौं नल्याउने अडानमा छन् । तर, निगमकै एक अधिकारीले थानकोट डिपोले माग गरे अमलेखगञ्जमा रहेको मट्टतिेल काठमाडौं आउने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?