+
+

आमा बन्न लागेकी रानी अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २ गते १९:५८
रानी मुखर्जी
रानी मुखर्जी

मुम्बई । बलिउड अभिनेत्री रानी मुखर्जी अस्पताल भर्ना भएकी छिन् । दीवालीको अवसरमा आयोजित पार्टीमा दौडधुपपछि उनलाई बिसन्चो भएको भारतीय समाचार संस्थाले जनाएका छन् ।

अभिनेता अमिताभ बच्चनले दीवालीको अवसरमा दिएको पार्टीमा रानी पनि उपस्थित थिइन् । सोही पार्टीमा पि्रतिले खिचेको सेल्फीले निकै चर्चा पाएको थियो ।

भारतीय मिडियाले उल्लेख गरे अनुसार दीवालीको अवसरमा रानी बढीनै पार्टीमा सहभागी भइन् । पार्टीमा धेरै सहभागी भएकै कारण उनी थाकेकी थिइन् ।

केही हप्तापछि उनी आमा बन्दैछिन् भने उनी आमा बन्ने भएपछि उनको घरमा बच्चाको लागि विषेश कोठा बनाइएको छ ।
सन २०१४ मा अपि्रलमा इटलीमा निर्माता आदित्य चोपडासँग रानीको बिबाह भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?