+
+

को हुन् पेरिस आक्रमणका मास्टरमाइन्ड अबाउद ?

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २ गते २०:४९

Abaaoud

काठमाडौं । फ्रान्सेली अनुसन्धानकर्ताहरुका अनुसार मोरक्को मूलका एक बेल्जियन नागरिक राजधानी पेरिसमा भएको चरमपन्थी आक्रमणका योजनाकार हुन् ।

गत शुक्रबार पेरिसमा भएको आत्मघाती विस्फोट र अन्धाधुन्द गोली प्रहारमा १२९ जनाको मृत्यु भएको थियो भने ३५० भन्दा बढी घाइते भएका छन् ।

फ्रान्सेली प्रहरी अहिले आक्रमणका मास्टरमाइन्ड मानिएका २७ वर्षका अब्देलहमीद अबाउदको खोजी गरिरहेको छ । त्यस क्रममा उत्तरी पेरिसको सेन्ट डेनिसमा ९ घन्टा प्रहरी अपरेशन भएको छ, जसमा एक महिलासहित दुई जना संदिग्धको मृत्यु भएको छ ।

अबाउद भने अहिले सिरियामा रहेको अनुमान गरिएको छ । उनी कट्टरपन्थी चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस)का सदस्य हुन् ।

उनको पालनपोषण ब्रसेल्सको एक जिल्ला मोनिलबीकमा भएको थियो, जहाँ ठूलो संख्यामा अरब आप्रबासीहरु बस्छन् । त्यहाँ बेरोजगारी र आवासको गम्भीर समस्या छ ।

Abaaoud-1

प्रहरीका अनुसार अबाउद सलाह अब्देसलामका साथी हुन्, जो फरार छन् र उनका भाइ ब्राहिमले पेरिस आक्रमणपछि आफैंलाई विस्फोट गराएका थिए ।

अबाउद र अब्देसलाम दुबैलाई २०१० मा एक सशस्त्र डकैतीको आरोपमा बेल्जियममा जेल सजाय सुनाइएको थियो । २०१३ को सुरुवातमा अबाउद उर्फ अबु उमर अल बज्जिकी आईएसमा संगठित भए । उनी चरमपन्थी कहिले बने भन्ने प्रष्ट भएको छैन ।

तर, एपीका अनुसार बेल्जियमका सबैभन्दा राम्रो स्कुल मध्येको एक सेन्ट पीयर द अक्कलका विद्यार्थी थिए ।

उनी मेहदी नेमोछको सक्पर्कमा रहे । फ्रान्स्-अल्जेरिया मुलका मेहदी जिहादी हुन्, जसले २०१४ मा ब्रसेल्सको एक यहूदी संग्रहालयमा चार जनालाई गोली हानेर हत्या गरेका थिए ।

बेल्जियमका अधिकारीहरुलाई आशंका छ कि अबाउदले पूर्वी बेल्जियमको वेर्वियर्स एक चरमपन्थी सेल गठनमा मदत गरेका थिए, जहाँ गत जनवरीमा पुलिसले छापा मारेको थियो ।

Parish-Attack

यो प्रहरी कारबाहीमा दुई चरमपन्थी मारिएका थिए । आईर्एसको अग्रेजी पत्रिकामा गत फेब्रअरीमा छापिएको एक अन्तरवार्तामा अबाउदले वेर्वियर्स घटना उल्लेख गरेका थिए ।

२०१४ को आईर्एसको एक प्रोपोगान्डा भिडियोमा अबाउद एक सवारीमा बसेको देखिएको थियो, जुन गाडीले एक क्षतविक्षत शवलाई घिसारिरहेको भिडियो फुटेजमा देखाइएको छ ।

अबाउद जिहादप्रति यति समर्पित थिए कि उनले आफ्ना १३ वर्षका भाइलाई पनि सिरियामा आफूसँगै लगेका छन् ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?