Comments Add Comment

पूर्व माओवादी नेताहरुले भने-प्रचण्ड राजनीतिक फिक्सर हुन्

Ram-chandra-jha Team

एस.के. शान

३ मंसिर, सप्तरी । एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माणमा लागेका नेताहरुले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि बिभिन्न आरोप लगाएका छन् ।

कसैले प्रचण्डले आफ्नो मुद्दा बिर्सेको आरोप लगाएका छन् भने कसैले जनतालाई धोका दिएको, प्रचण्डपथलाई लत्याएको आरोप लगाएका छन् । कसैले भने दाहालले राजनीतिक रुपमा म्याच फिक्सिंग गरेको समेत आक्षेप लगाएका छन् ।

एमाओवादी छाडेर डा. बाबुराम भट्टराईको अगुवाइमा नयाँ शक्ति निर्माण अभियानमा लागेका मधेसी नेताहरुले बिहीबार राजविराजमा कार्यक्रम गरेका थिए । तर, कार्यक्रमको अधिकांश समय पूर्व अध्यक्ष प्रचण्डको आलोचनामा नै खर्चिएका छन् ।

दाहाल म्याच फिक्सर

कार्यक्रमका प्रमुख अतिथी थिए नेता रामचन्द्र झा । उनले देशको यो हविगत प्रचण्डकै कारण भएको बताए ।

‘उनी राजनीतिका म्याच फिक्सर हुन्’ एमाले, एमाओवादी हुँदै भट्टराईको नयाँ शक्ति निर्माण अभियानमा लागेका झाले भने-‘जसरी अहिले हाम्रा केहि फुटबल खेलाडी म्याच फिक्सिङ गरेर देशको नाम बदनाम गरे । प्रचण्डले पनि राजनीतिका साथै पार्टीको नाम बदनाम गरेर जनतालाई धोका दिएका छन् ।’

पहिलो संविधानसभादेखि नै प्रचण्डले म्याच फिक्सिङ गरेको उनको अरोप थियो । दोस्रो संविधानसभामा पनि प्रचण्डले म्याच फिक्सिङ नै गरे र आफ्नो पार्टीलाई डुबाए र जनतालाई रुवाए’ पूर्व एमावोदी नेता झाले भने ।

पहिलो संविधानसभामा एमाओवादीसँग सबैभन्दा ठूलो दल थियो । त्यस बेला ४ सय २२ जनाको हस्ताक्षर गरेर प्रचण्डलाई दिएको भन्दै उनले भने- म्याच फिक्सिङ गरिसकेकाले कुनै प्रतिकृया नै नदिई संसद विघटन गराउन भूमिका खेल्नुभयो ।’

पार्टीका केहि नेतालाई ‘बिषको पुरिया’ को संज्ञा दिँदै उनले दोस्रो संविधानसभाको निर्वाचनमा त्यस्ता नेताहरुलाई जनताले पराजित गरेको र धेरै नेता भने प्रचण्डको राजनीतिक फिक्सिङकै कारण पराजित भएको सुनाए ।

प्रचण्डले मधेसको आगोमा पेटोल छर्किए

कार्यक्रममा झापछि पालो आयो रामकुमार शर्माको शुरुदेखि नै प्रचण्डलाई नेता मानेको र सधैं उनकै पक्षमा लागेको स्मरण गर्दै उनले भन-प्रचण्डजीले केहि समय पर्खनुस् म संविधानसभामा सबैलाई मिलाएर सर्वस्वीकार्य संविधान बनाउँछु भन्नु भएको थियो । तर, हामीलाई सँगै जनतालाई पनि धोका दिनुभयो ।’

कांग्रेस, एमालेसँग कुरा नमिले नोट आफ डिसेन्ट लेख्न र सरकारमा नजान सुझाव दिएको स्मरण गर्दै झाले भने-‘त्यत्ति गर्दासम्म पार्टी छाडदैन्थ्यौं । ,तर प्रचण्डले हाम्रो कुरा सुन्नुभएन र आगो लागेकोे मधेसमा पेटोल छर्किने काम गर्नुभयो ।’

शुरुदेखि नै मधेसी, थारु, लिम्बुबानको हकअधिकारको वकालत गर्ने प्रचण्ड अाफैं सबैलाई समस्यामा पारेर सत्तामा गएको उनको भनाइ थियो । उनले भने-‘राजनीतिमा कुनै तमसुक हुँदैन । हिजो प्रचण्डलाई विश्वास गर्‍यौं, आज भट्टराईमाथि विश्वास गर्न गइरहेका छौं । भट्टराईको बाटो सही छ, यसमा धोका हुँदैन ।’

१० हजारलाई किन मार्नुपर्‍थ्यो ?

‘मुलुकमा संविधान त धेरै पटक बन्यो । तर हालसम्म कुनै संविधान दिगो बन्न सकेको छैन्’ कार्यक्रममा बोल्दै एमाओवादीका पूर्व नेता महेन्द्र पासवानले भने-‘दिगो संविधान बनाउनकै लागि दाहालजीको नेतृत्वमा जनयुद्ध भयो र हामीले सघायौं । तर प्रचण्डजीले १० हजारको ज्यान लिएर पनि सबै मुद्दालाई तिलाञ्जली दिनुभयो ।’

संविधानै बनाउनु थियो भने १० हजारलाई किन मार्नुपर्‍थ्यो भन्ने प्रश्न गर्दै उनले भने “संविधान त २०४७ सालको छँदैथियो । त्यसलाई नै स्वीकार गर्दा भइहाल्थ्यो नि !’ समावेशी मुद्दा माओवादीले नै उठाएको भएपनि प्रचण्डले छाडेको र जनताको अधिकारबिहीन संविधान बनाउने मुख्य योजनाकार प्रचण् नै भएको उनको आरोप थियो ।

मधेसी जनतालाई खुशी पार्नुहुनेछ भन्ने आशमा पहिलो संविधानसभामा आफू जितेको सिरहा ५ बाट प्रचण्डलाई उम्मेदबार बनाएर जिताएको भन्दै उनले-‘तर, उहाँले मधेसी जनतासँग मात्र नभई आफूहरुलाई पनि धंोका दिनुभयो । शुरुमै भनेका थियौं धोका दिनु भए हामी हुन्नौं । तर धोका दिएरै छाड्नुभयो ।’

कखरा सिकेकालाई बनाइयो मन्त्री

कार्यक्रममा बोल्नै नेताहरुले एमाओवादीसहित एमालेले पनि मधेसबाट राजनीतिको कखरा मात्र सिकेका व्यक्तिहरुलाई मन्त्री बनाएको आरोप समेत लगाए ।

नेता रामचन्द्र झाले पार्टीका सबैभन्दा ‘जुनियर’ तहका उमेश यादवलाई मन्त्री बनाएर प्रचण्डले मधेसीपन देखाएको टिप्पणी गरे । ‘उमेश यादव राजनीतिमा कच्चा व्यक्ति हुन् । उनलाई लोभ देखाएपछि उनी प्रचण्डको नियन्त्रणमा गए’ झाले भने-‘राजनीतिमा परिपक्व व्यक्ति आफ्नो गाउँठाउँ र आफ्नो जनताका लागि राजनीति गर्छन्, तर उमेश जस्ता नेताहरुलाई फकाएर दाहालले मधेसीलाई बन्धनमा बाँध्न खोजेका छन् ।’

झाले राजनीतिको कखरा जानेको तर ककाकिकीसम्म नपुगेका नेताहरु अहिलेको मन्त्रीमण्डलमा बढी रहेको बताए । सप्तरी जिल्लाका एमाओवादी सांसद् अशोक मण्डल र मानपुर चौधरी अहिले पनि लोभको आशामा पार्टीमा बसिरहेको बताउँदै उनले एमाओवादी छाडेर सबैलाई नयाँ शक्तिमा आउन आह्वान गरेका छन् ।

नेता शर्माले एमाओवादीले पार्टीमै आफूभन्दा एकदमै जुनियर रहेका कार्यकर्तालाई बनाएर राजनीति परिपक्वता प्रष्ट पारेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment