+
+
Shares

मन्त्रालयले भन्यो: विदेशबाट स्वास्थ्य सामग्री ल्याउँदा सहुलियत दिन्छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ४ गते १२:२३

४ जेठ, काठमाडौं । सरकारले विदेशस्थित नेपालीले सहयोग गरेको एवं निजी क्षेत्रले खरिद गरी ल्याउन लागेको स्वास्थ्य सामग्री ढुवानीमा सहुलियत दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय आविस्कार केन्द्रबीच भएको छलफलका क्रममा यसको समन्वय गर्ने जिम्मा आविस्कार केन्द्रलाई दिइएको केन्द्रका प्रमुख महावीर पुनले जानकारी दिए ।

बैठकमा उद्योगमन्त्री लेखराज भट्ट लगायतको बैठकमा अहिले देखिएको अक्सिजनको समस्या समाधान गर्ने विषयमा छलफल भएको थियो । बैठकमा उपस्थित नेपाल आयल निगमका अधिकारीहरुले यसरी स्वास्थ्य सामग्री ढुवानीको लागि जाने नेपाल एयरलाइन्सको जहाजको लागि आवश्यक पर्ने इन्धन निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको पुनले जानकारी दिए । जसले गर्दा निजी क्षेत्रले ल्याउने सामानको ढुवानी भाडामा पनि सहुलियत दिने समझदारी भएको पुनले जानकारी दिए ।

त्यस्तै, उद्योग वाणिज्य, तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बैठकमा विदेशबाट स्वास्थ्य सामग्री ल्याउने सवालमा निजी क्षेत्रलाई समेत सहयोग गर्ने बारेमा छलफल भएको जानकारी दिए । उनले भने ‘राष्ट्रिय आविस्कार केन्द्रसँग समन्वय गरेर सामान ल्याउन लागेका निजी क्षेत्रलाई पनि टिप पुगेको खण्डमा नेपाल एयरलाइन्सको जहाज पठाएर नेपाल ल्याउन सहयोग गर्ने विषयमा समझदारी भएको हो ।’

यसरी विदेशबाट सामान ल्याउने सामानको तौल ३० टन देखि ४० टनसम्म हुनुपर्ने भनिएको छ । पुनले मन्त्रालयमा भएको छलफल अनुसार चीनको कुन्मिङ्ग, बेइजिङ्ग, गंजाउ, दोहा कतार, जापान, अस्ट्रेलिया र अमेरिकाको पश्चिमी किनारको कुनैपनि ठाउँमा तोकिएको परिणाममा सामान जम्मा भएमा सरकारले तुरुन्त नेपाल एयरलाइन्सको विमान पठाएर ढुवानी गर्ने बारेमा उद्योग आपूर्ति मन्त्रालयले सरकारका अन्य निकायसँग समन्वय गर्ने समझदारी भएको पुनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?