+
+

इन्धन अभावका बेला विमान कम्पनीले यसरी मिलाए आन्तरिक उडान तालिका

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ४ गते ११:१३

TIA Domestic Airlines

४ मंसिर, काठमाडौं । इन्धनको मौज्दात अत्याधिक कम भएको बताउँदै नेपाल आयल निगमले काठमाडौं डिपोबाट हवाई इन्धन नदिएपछि शुक्रबारका करिव दुई तिहाई उडान रद्ध गरिएको छ ।

विराटनगर, पोखरा, नेपालगञ्ज र धनगढी डिपोमा हवाई इन्धन मौज्दात रहेको हुँदा त्यहाँ केही उडान भइरहेका छन् । इन्धन डिपो नभएका गन्तव्यमा पनि वायुसेवा कम्पनीले स्टक बचाएर केही उडान गरिरहेका छन् ।

काठमाडौंबाट इन्धन मौज्दात भएको गन्तव्यसम्म पुग्ने जहाजलाई इन्धन उपलब्ध गराउने निगमका हवाई इन्धन डिपो प्रमुख प्रदीप यादवले जानकारी दिए । यी गन्तव्यमा बुद्ध, यति, सिम्रिक, सौर्य एयरले केही उडान गर्नेछन् ।

यादवका अनुसार विराटनगरमा २६ हजार लिटर, नेपालगञ्जमा ४० हजार लिटर, धनगढीमा ३० हजार र पोखरामा २० हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ ।

शुक्रबार बुद्ध एयरले विराटनगर ४ वटा उडान गर्ने जनाएको छ । त्यस्तै, पोखरा ४, भरतपुर १, नेपालगञ्ज २, धनगढी १, सिमरा ३ र भैरहवा १ उडान गर्ने बुद्धका वरिष्ठ कार्यकारी प्रबन्धक रुपेश जोशीले जानकारी दिए ।

इन्धन नभएपछि यति एयरलाइन्सले पोखरामा ४ वटा, विराटनगर र भरतपुरमा १/१ उडान गर्ने भएको छ । दैनिक २५ भन्दा बढी उडान भर्दै आएको यतिका शुक्रबार करिव ८० प्रतिशत उडान रद्ध गरेको छ ।

माउन्टेन फ्लाइट रद्ध गरेर ६ वटा उडान भर्न लागेको बताउँदै यतिका बजार प्रबन्धक भीमराज राईले भने- ‘माउन्टेन ३, विराटनगर ३, भद्रपुर २, भैरवा २, जनकपुर २, नेपागलगञ्ज २, तुम्लिङटार १, भरतपुर १, धनगढी १, पोखरा ५ वटा उडान रद्ध गरेका छौं ।’

यस्तै दुर्गम गन्तव्यमा उडान भर्दै आएको ताराले लुक्लामा ५ वटामात्र उडान भर्ने छ । दैनिक १२ उडान गर्दै आएको ताराका ७ वटा उडान रद्ध भएका छन् ।

सिमि्रक एयरका बजार प्रबन्धक प्रज्वल थापाले ७० प्रतिशत बढी उडान रद्ध गरिएको बताए । उनका अनुसार पोखरामा पाँचमध्ये २ वटा, लुक्लामा तीनमध्ये १ वटामात्र उडान हुनेछ ।

सिम्रिकका तीनवटा माउन्टेन फ्लाइट, तीनवटा पोखरा, दुईवटा लुक्ला, भैरहवा र खानीडाँडा १/१ वटा उडान रद्ध भएका छन् ।

दैनिक चारवटा उडान भर्दै आएको सौर्य एयरलाइन्सले विराटनगरमा एउटामात्र उडान भर्ने भएको छ ।

नेपाल एयरलाइन्सले इन्धको जोहो आफै गर्ने हुँदा ७ वटै उडान यथावत हुने बताएको छ ।

भारतको कलकत्ताबाट इन्धन बोक्दै आएको नेपाल एयरलाइन्सले पछिल्ला तीन दिन इन्धन नल्याइदिएपछि उडान ठप्प भएको आयल निगमका यादवले बताए । नेपाल एयरलाइन्सले शुक्रबार कम्तिमा २ वटा उडानमार्फत इन्धन ल्याइदिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?