+
+

आयल निगमको प्राविधिक टोली चीन जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ७ गते १०:३८

Nepal Oil Corporation (NOC)

७ मंसिर, काठमाडौं । चीनसँग खरिद हुने इन्धनको मूल्य टुंगो लगाउन सोमबार नेपाल आयल निगमको प्राविधिक टोली चीन जाँदैछ ।

मूल्यबारे अन्यौल भएपछि बाणिज्य मन्त्रालयले चीन जाने तय भएको ७ सदस्यीय टोलीलाई रोकेर निगमका दुई अधिकारी संलग्न प्राविधिक टोलीलाई सोमबार चीन पठाउँदैछ ।

आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराई र कार्यकारी निर्देशकको कार्यालयका निमित्त निर्देशक दीपक बराल चीन जान लागेका हुन् । टोली दिउँसो एक बजे चीनतर्फ लाग्नेछ ।

टोलीले पेट्रोलियम पदार्थको मूल्यका विषयमा चाइना नेशनल पेट्रोलियम कर्पोरेशन र चीन सरकारका अधिकारीहरुसँग छलफल गर्ने तय भएको आयल निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको खरिद मूल्य र करको विषय नटुंगिएपछि ब्यापारिक सम्झौतामा अलमल भएको छ ।

चीनले नेपाललाई बिक्री गर्न पेट्रोलियम पदार्थमा कर लगाउने/नलगाउनेबारे औपचारिक निर्णय गरेको छैन् ।

नेपालले कर हटाएर इन्धन दिन चीनलाई औपचारिक प्रस्ताव गरेको छ । करका विषयमा चीन मौन रहेपछि तत्काल सम्झौता गर्दा चीनबाट आउने इन्धन निकै महंगो पर्ने भएकाले सम्झौताका लागि सरकारी टोली चीन जान नसकेको निगमका एक अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?