Comments Add Comment

कतारमा जीसीले पाए चिठ्ठामा एक तोला सुन

Qatar-Gold

कतार । गुल्मी सेवा समाज कतारले शुभ दिपावलीलाई लक्षित गरेर सञ्चालन गरेको चिठ्ठा कार्यक्रमको उपचार रामबहादुर जीसीले जितेका छन् ।

शुक्रबार सम्पन्न कार्यक्रममा उक्त चिठ्ठा कार्यक्रमको नतिजा सार्वजनिक गरिएको हो ।

भाग्यशाली चिठ्ठाको पहिलो पुरस्कार एकतोला सुन राम बहादुर जीसी , चिठ्ठा नं.०४३९ ले जितेका छन । त्यस्तै दोश्रो पुरस्कार ल्यापटप हरजित सिं-००९६६, तेश्रो पुरस्कार आईफोन राज कुमार -००९९७, चौथो पुरस्कार सामसुङ्ग मोवाईल किरण मगर-००२५ , पाँचौ पुरस्कार भित्ते घडी राम प्रसाद शर्मा-००२६ र दिपेन्द्र बिसी-०६७६ साथै सान्तवना पुरस्कार हाते घडी साहिल सिं-०६०० , कमल शर्मा -०३२६ र दिपक रोक्का -००७९ ले जिते ।

कार्यक्रममा सहभागी विजेताहरुलाई शुक्रबार नै उपहार हस्तान्तरण गरिएको थियो । कार्यक्रमलाई संस्थाका सचिव कुमार अविरल पन्थीले सन्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment