Comments Add Comment

नवलपरासीमा सवारी दुर्घटना, एकको मृत्यु

८ मंसिर, नवलपरासी । नवलपरासीको पूर्वपश्चिम लोकमार्ग अन्र्तगत रामनगर २ बडेरामा सोमबार राति भएको सवारी साधन दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय परासीले दिएको जानकारी अनुसार रामनगर दुइ बडेरामा रोकिराखेको लु २ त ४९४० नम्बरको ट्याक्टरमा लु १० प ९४५७ नम्बरको मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी रामनगर २ बडेरा बस्ने ५५ बषिर्य मोटर साइकल चालक राजकुमार रानाको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

रामकुमार श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment