Comments Add Comment

पाथिभराको भेटीमा अख्तियारको चासो, आधिकारीक निकायमा जम्मा गर्न निर्देशन

Pathibhara-Bheti1

रविन भट्टराई

१० मंसिर, ताप्लेजुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथिभराको भेटी व्यवस्थित गरी आधिकारीक निकाय वा संस्थामा जम्मा गर्ने व्यवस्था मिलाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

संकलित भेटी पारदर्शि नभएको भन्दै अख्तियारमा उजुरी आएकाले मन्त्रालयलाई पत्रमार्फत भेटी आधिकारीक निकाय वा संस्थामा जम्मा गर्ने व्यवस्था मिलाउन अख्तियारले निर्देशन दिएको पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय स्रोतले बताएको छ ।

यसैविच पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयले पनि पाथिभरा क्षेत्रको विकासका लागि ताप्लेजुङमा गठित सरकारको आधिकारीक समिति पाथिभरा क्षेत्र विकास समितिलाई पाथिभरामा प्राप्त हुने भेटि व्यवस्थापन गर्न निर्देशन दिएको छ । अहिले पाथिभरा क्षेत्रको भेटी स्थानीय स्थरमा गठित पाथिभरा देवि मन्दिर क्षेत्र संरक्षण तथा संबर्धन समितिले संकलन गर्दै आएको छ । यो समितिले संकलन गरेको भेटिघाटि पारदर्शी नभएको गुनासो आउने गरेको छ ।

यता समितिका सदस्य समेत रहेका ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले मन्त्रालय र अख्तियारबाट भेटिघाटि आधिकारीक निकाय वा संस्थामा जम्मा गर्ने व्यवस्था मिलाउन निर्देशन आएकाले सरकारको आधिकारी निकाय पाथिभरा क्षेत्र विकास समितिबाट भेटीघाटी संकलन गर्ने व्यवस्था मिलाउने तयारी भएको जानकारी दिएका छन् ।

वाषिर्क दुई लाख भन्दाबढि तीर्थयात्रिले दर्शन गर्ने यस पाथिभरा मन्दिरबाट वर्षको एक करोड भन्दा बढि भेटी संकलन हुने गरेको छ । त्यस्तै स्थानीय समितिले सुन, चाँदी लगायत जिन्सी सामान समेत संकलन गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment