Comments Add Comment

अखिल क्रान्तिकारीले जलायो नरेन्द्र मोदीको पुत्ला

Modi-ko-Putla-Dahan

१० मंसिर, काठमाडौं । सुनसरीको हरिहरपुर ७ मा भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानले नेपाली नागरिकहरुलाई गोली हानेर घाइते बनाएको विरोधमा एमाओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा गोली काण्डको विरोधमा मोदीको पुत्ला जलाइएको हो । क्रान्तिकारीले केहीबेर सडकमा चक्काजाम समेत गरेको थियो ।

पुत्ला दहन कार्यक्रमलाई अखिल क्रान्तिकारी नेवाः राज्य समिति संयोजक सुरेन्द्र बस्नेतले सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै उनले भारतीय हस्तक्षेप र दादागिरी बढ्दै गएको भन्दै यसविरुद्ध सबै देशभक्त शक्ति एकजुट हुनुपर्ने बताए । उनले अन्तराष्ट्रिय सन्धी सम्झौता विरुद्ध गरिएको नाकाबन्दी पनि तत्काल हटाउन माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment