Comments Add Comment

नयाँ शक्तिसहितका आन्दाेलनकारीले सिंहदरबारमा धर्ना दिने

baburam ko naya shakti (5)
१३ मंसिर, काठमाडौं । पूर्व डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति निर्माण अभियान, मधेसी मोर्चा र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले सिंहदरवारमा धर्ना दिने भएको छ ।

काठमाडौं केन्दि्रत आन्दोलन गर्ने सहमति अनुसार पहिलो चरणको कार्यक्रम तय भएको छ । जसमा १७ गते तराई मधेसमा भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउन अन्तरक्रिया हुँदैछ । नागरिक ऐक्यवद्धता सभा नाम दिइएको कार्यक्रममा भट्टराईका साथै दमननाथ ढुंगाना, देवेन्द्रराज पाण्डे, खगेन्द्र संग्रौला, पद्मरत्न तुलाधर र मधेसी मोर्चाका शीर्ष नेताहरु लगायतले सम्बोधन गर्नेछन् ।

यस्तै २१ गते सिंहदरवार अगाडि धर्ना दिने कार्यक्रम तय भएको नयाँ शक्ति अन्तरगतको आन्दोलन परिचालन समितिका संयोजक रामकुमार शर्माले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार २५ गते र्‍याली निकाल्ने र २७ गते सभा गर्ने कार्यक्रम छ ।

कार्यक्रममा मधेसी मोर्चा, नयाँ शक्ति निर्माण अभियान, पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, समाजिक लोकतान्त्रिक पार्टी, थरुहट तरई पार्टी, मगरात, लिम्बुवान संघर्ष समिमति र दलित मुक्ति मोर्चा पनि सहभागी हुनेछ ।

नयाँ शक्ति निर्माण अभियानले बृहत संघीय मोर्चा बनाउने प्रस्ताव समेत राखेको छ । शर्माले भने, आन्दोलनकारी शक्तिहरुको बृहत संघीय मोर्चा बनाउने र राष्ट्रिय आन्दोलन गरेर माग सम्बोधनका लागि सरकारलाई दबाव दिने प्रस्ताव समेत हामीले राखेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment