Comments Add Comment

विप्लव माओवादीका कार्यकर्ताले भारतीय नम्बरको गाडी जलाए

१३ मंसिर, विराटनगर । विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यलयको अगाडि भारतीय नम्बरको गाडी विप्लव माओवादीका कार्यकर्ताले आइतबार आगजनी गरेका छन् ।

विराटनगर ११ स्थिति दूतावासको सम्पर्क कार्यालय अगाडि पार्किङ गरेर राखिएको डब्लुबी २५ बी ९६०२  नम्बरको गाडीमा माअोवादी कार्यकर्ताले आगजनी गरेका हुन् ।

आगजनीबाट गाडीमा सामान्य क्षति पुगेको छ । आगजनी भएको स्थानमा विप्लव माओवादीका कार्यकर्ताले पर्चा छाडेको प्रहरीले जनाएको छ ।

उनीहरुले छाडेको पर्चामा भारतीय हस्तक्षेप बन्द गर, नाकाबन्दी खुल्ला गर लगायतका नारा लेखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment