Comments Add Comment

संवैधानिक परिषद बैठक अनिर्णित, कांग्रेस सभापति कोइराला अनुपस्थित

Sushil Koirala 5

१३ मंसिर, काठमाडौं । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको तयारीसहित आइतबार बोलाइएको संवैधानिक परिषदको बैठक अनिर्णित भएको छ ।

निर्वाचन आयोगमा प्रमुख आयुक्त र आयुक्तको नियुक्तिको सिफारिसका लागि आइतबार विहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा परिषदको बैठक बोलाइएको थियो । तर, प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति सुशील कोइराला अनुपस्थित भएपछि बैठकले कुनै निर्णय गर्न सकेन ।

कोइराला अस्वस्थताको कारण जनाउँदै बैठकमा अनुपस्थित भएका थिए । संवैधानिक परिषद बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको उपस्थिति र सहमति महत्वपूर्ण मानिन्छ ।

कांग्रेस सभापति कोइरालाको अनुपस्थितिमा निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्तमा नियुक्तिका लागि आवेदन बुझाएका उमेदवारको नाममा सामान्य छलफल मात्र भएको थियो ।

परिषदका सदस्य रहेका प्रधानन्यायाधीश कल्याण श्रेष्ठले परिषदको अर्को बैठकले नियुक्तिको सिफारिस सम्बन्धी निर्णय गर्ने जानकारी दिए ।

निर्वाचन आयोगमा प्रमुख आयुक्त र दुई जना आयुक्तको पद रिक्त छ । संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनुवाइपछि राष्ट्रपतिले आयोगका प्रमुख आयुक्त र आयुक्त नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment