Comments Add Comment

माधव नेपालले राखे सीमांकन स्थगनको प्रस्ताव, मधेसी मोर्चाद्वारा दमनको विरोध

Baluwatar-meeting-with-Madh

१४ मंसिर, काठमाडौं । मधेसी मोर्चासहितको त्रिपक्षीय बैठक केहीबेर अघि सकिएको छ । बैठकमा मधेसी मोर्चाले उठाउँदै आएको सीमांकनबारे ठोस छलफल नै हुन सकेन ।

बैठकमा एमाले नेता माधवकुमार नेपालले सात प्रदेशको अहिलेको सीमांकन स्थगनको प्रस्ताव राखेका छन् । नेपालको प्रस्ताव पार्टीभित्र छलफलका क्रममा रहेको स्रोतले जनाएको छ । ‘सीमांकनको विवाद अहिले केही नेता बस्दैमा सल्टिनेवाला छैन, बरु अहिलेका सीमांकन पनि स्थगन गरेर नयाँ ढंगले राजनीतिक र विज्ञको तहबाट टुंगो लगाउने गरी अरु विषयमा संविधान संशोधन गरेर आन्दोलनलाई निकास दिनुपर्छ’ नेपालको प्रस्ताव छ ।

तर, यसबारे खासै छलफल हुन सकेन । त्रिपक्षीय वार्तामा मधेसी मोर्चाका नेताहरुले सरकारले दमन गरेको भन्दै चर्को विरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment