Comments Add Comment

प्युठानमा बस दुर्घटना, १४ यात्रु घाइते

Pyuthan,-Tiram

१५ मंसिर, खलंगा । प्युठानको तिराममा मंगलबार विहान यात्रुबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । किमिचौरबाट कृष्णनगर जाँदै गरेको लु १ ख ३२४९ नम्बरको बस तिराम-४ थक्लेनीमा विहान १० बजे दुर्घटना भएको हो ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको छ ।

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको बस ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । बस चालक फरार छन् । प्युठान प्रहरीले चालकको खोजी भैरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment