Comments Add Comment

पोखरेलीको आह्वान- बुद्धको देशमा युद्धको आगो नसल्काऊ

sadvab-rallyसन्देश श्रेष्ठ
१५ मंसिर, पोखरा । नाकाबन्दी तत्काल खोल्न माग गर्दै मंगलबार पोखरामा बृहत सदभाव र्‍याली निकालिएको छ । र्‍यालीमा हजारौं पोखरेली सहभागि भए ।

सामाजिक जागरणका लापग नारी अभियानको आयोजना तथा पोखरा नगर महिला समन्वय समितिको संयोजनमा र्‍याली निकालिएको हो ।

पोखराको चिप्लेढुङ्गास्थित मानवअधिकार चोकबाट सुरु भएको र्‍याली महेन्द्रपुल, पुनः चिप्लेढुङ्गा, न्यूरोड हुँदै पोखरा सभागृहमा पुगेर टुंगिएको थियो । र्‍यालीमा आध्यात्मिक, पेशागत तथा सामाजिक संघसंस्थाहरुसहित पत्रकार, मानव अधिकारकर्मी, मजदुर, विद्यार्थी, आमा समुह, टोल विकास संस्थाको पनि सहभागिता थियो ।

र्‍यालीमा सहभागीहरुले ‘टुटेर होइन जुटेर देश बनाउने समय हो’, ‘हिमाल, पहाड, तराई कोही छैन पराई’, ‘कालोबजारी नियन्त्रण गर’, ‘बुद्ध जन्मेको देशमा युद्धको आगो नसल्काउ’, ‘छिमेकी राष्ट्रको गुण सम्झी बैगुन सबै भुलाइदिऔँ’, ‘भूपरिवेष्ठित राष्ट्र नेपाललाई निर्वाध रुपमा पारवहन सुविधा प्रदान गर’ लगायतका नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment