Comments Add Comment

विद्यार्थीको विस्तारित बैठकमा जनार्दनले गल्ती गरेः प्रचण्ड

Prabhakar

१५ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको पदाधिकारी चयनमा विद्यार्थी इन्चार्ज जनार्दन शर्मा प्रभाकरले गल्ती गरेको स्वीकार गरेका छन् ।

हालै सम्पन्न अखिल क्रान्तिकारी विस्तारित बैठकमा प्रभाकर विद्यार्थी इन्चार्ज बनेर गएका थिए । तर, प्रभाकरले आफ्ना भाइ अनिल शर्मालाई महासचिव बनाएको र वरिष्ठ उपाध्यक्ष सुदिप कुँवरलाई जिम्मेवारीबाट हटाएको आरोप लागेको छ ।

कुँवरलाई हटाएपछि असन्तुष्ट विद्यार्थी नेताहरु राजीनामा पत्र बोकेर प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । भेटमा प्रचण्डले विद्यार्थी इन्चार्ज प्रभाकरले गल्ती गरेको बताएका छन् ।

आफूले सम्वसम्मत पदाधिकारी चयन गर्नु र नभए राष्ट्रिय सम्मेलनमा जानु भनेर पठाएको उनले सुनाए ।  उनले विद्यार्थीमा देखिएको विवादबारे मंगलबारबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा छलफल हुने आश्वासन दिएको भेटमा सहभागी एक विद्यार्थी नेताले बताएका छन् ।

मधेस जागरण अभियान चलाइने 

यसैबीच अखिल क्रान्तिकारी विस्तारित बैठकले राष्ट्रिय स्वाधिनता, आन्तरिक राष्ट्रिय एकता, शैक्षिक अधिकार, जनजीविका र सामाजिक सदभावका लागि देशव्यापी १ महिने विद्यार्थी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

अभियानकै क्रममा मधेसमा मधेस जागरण अभियान सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष रमेश मल्लले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । अभियानको उदेश्य, योजना तथा कार्यक्रम सहितको विस्तृत कार्ययोजना निर्माण केन्द्रीय पदाधीकारी बैठकले गर्ने बताइएको छ ।

अखिल क्रान्तिकारीले स्ववियु. निर्वाचन सम्पन्न गर्न त्रिवि लगायत सबै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानलाई दबाव दिने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment